राज्यविहीन अवस्थामा पुगेको हैटीमा सशस्त्र गुण्डाहरूको प्रभावका कारण प्रधानमन्त्रीसमेत कार्यालय जान नसक्ने अवस्था आएको छ । पछिल्ला राष्ट्रपतिलाई कार्यालयमै गोली हानेर हत्या गरेपछि अहिले हैटीमा संसद् छैन । अमेरिकाले समर्थन गरेका प्रधानमन्त्री आरियल अनरीले राज्य चलाउन सक्नुभएको छैन । अनरीलाई धेरैले प्रधानमन्त्री नै नमान्ने गरेका बीबीसीले जनाएको छ । राज्यविहीन अवस्थामा पुगेको हैटीको आधा जनसङ्ख्या अर्थात् झन्डै ४७ लाख मानिस...
ताइवानका राष्ट्रपतिले आफ्नो पार्टी अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति साई यी वेनले स्थानीय निर्वाचनमा पार्टी पराजीत भए लगत्तै अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् । डेमोक्रयाटिक प्रोग्रेसिभ पार्टीको निर्वाचनको पराजयलाई जिम्मेवारी उनले लिएकी छन् । स्थानीय निर्वाचनमा क्वोमिन्तागं पार्टीले जीत हाँसिल गरेको छ ।
इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो । बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा १५ जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका बीबीसीले जनाएको छ । शिया धर्मगुरु मुक्तदा...
तालिबानले अफगानिस्तानको सुरक्षा अवस्था समाधान भइसकेको दाबी गर्दै आफ्ना अल्पसंख्यक हिन्दू र सिखहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ । तालिबानले १५ अगस्टमा सत्ता कब्जा गरेपछि केही हिन्दू, शिखलगायतका अल्पसंख्यकले देश छाडेका थिए । तालिबान राज्यमन्त्रीको कार्यालयका महानिर्देशक डाक्टर मुल्ला अब्दुल वासीले जुलाई २४ मा अफगानिस्तानको हिन्दू र सिख परिषद्का सदस्यहरूसँग भेट गरेपछि अफगानिस्तानको चिफ अफ स्टाफको कार्यालयले ट्वीटमार्फत यस्तो जानकारी...
श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । संसदमा बुधबार भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित हुनुभएको बीबीसीले जनाएको छ । कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघेले १ सय ३४ मत पाउनुभएको छ । यसअघि पनि उहाँ ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो । श्रीलंकाको संसदमा २ सय २५ सदस्य छन् । तीमध्ये २ सय २३ जनाले मतदान गरेको र...
एजेन्सी । बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ । सोमबारको तापक्रम ४१ डिग्री पार गर्ने प्रक्षेपणपछि बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा गरेको हो । युके महानगर कार्यालयले राजधानी लण्डन, म्यान्चेस्टर, योर्कलगायतका क्षेत्रमा सोमबार र मंगलबार तापक्रम ४१ डिग्रीमाथि पुग्ने देखिएकाले सचेत हुन सूचना जारी गरेको छ । केही विद्यालयहरू बन्द गरिएका छन्...
कोलम्बो । श्रीलङ्कामा ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको श्रीलङ्काले जनाएको छ । मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताए । पत्रकार सम्मेलन बोल्दै विजेसेकेराले आर्थिक संकटले दुई करोड श्रीलङ्काली प्रभावित भएका समय इन्धन खरिदका लागि क्रेडिट लाइन दिएकोमा भारत सरकारको...
श्रीलङ्काको राजधानी कोलम्बोमा भएको प्रदर्शनका क्रममा एक जनाको ज्यान गएको छ । यस्तै ८४ जना घाइते भएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा २६ वर्षका एक युवकको ज्यान गएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले हिजो बुधवार प्रधानमन्त्री कार्यालय कब्जा गरेका थिए ।  राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेर भागेपछि कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पनि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले...
बेलायतमा राजीनामा दिने मन्त्रीको सङ्ख्या आठ जना पुगेको छ । अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि सुरु भएको राजीनामा शृङ्खला बढ्दै आठ जना पुगेको बीबीसीले जनाएको छ ।  राजीनामा दिएका मन्त्रीहरूले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् । तर प्रधानमन्त्री बोरिस जोनसनलाई बुझाएको भनिएको राजीनामा पत्र सार्वजनिक भएको छ । जसमा प्रधानमन्त्री जोनसानको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिएको छ...
भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । ३ जना गम्भीर घाइते भएका छन् । २८ तीर्थयात्री बोकेर मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा चालक र सहचालकसहित ३० जना रहेका बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा गम्भीर भएकाको उत्तराखण्डको अस्पतालमा उपचार भइरहेको छ । भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले...