Forbrukernet.com
अमेरिका र युरोपेली देशहरुले अफगानिस्तानमा बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई आग्रह गरेका छन् । तालिबानले  सत्ता कब्जा गरेपछि गएको अगस्ट महिनायता बन्द रहेका स्कुल खोल्ने निर्णय गरेको केही घण्टामा नै बुधवार फेरि बन्द गर्ने घोषणा गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। स्कुल बन्द गर्ने निर्णयको निन्दा गर्दै अमेरिका र युरोपेली देशले बालिकाको पढ्न पाउने अधिकारको संरक्षण गर्न र भविष्य अन्धकारमा जानबाट...
युरोपमा १८ वर्षदेखि माथिका नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइने भएकाे छ ।  युरोपियन युनियन अन्तर्गत औषधि नियामक निकायको हिजोको बैठकमा १८ वर्षमाथिका सबैलाई फाइजर बायोएनटेकको बुस्टर डोज दिन अनुमति दिएको हो । कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएको ६ महिना पछि बुस्टर डोज दिइने छ । बुस्टर डोज दिने विषयमा सम्बन्धित देशको स्वास्थ्य निकायले निर्णय गर्नेछ । बुस्टर डोज लगाए पछि शरीरमा...
जर्मनीको संघीय संसद्को निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) विजयी भएको छ । निवर्तमान चान्सलर अंगेला मर्केलको पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन(सीडीयू) झिनो मत अन्तरले पराजित भएको हो । यससँगै एसपीडीका उम्मेदवार ओलाफ स्कोल्ज नयाँ चान्सलर बन्ने सम्भावना बलियो देखिएको छ । 'नयाँ जनादेशले हामीलाई जर्मनीका लागि एक राम्रो र व्यवहारिक सरकार गठन गर्न बाटो खोलिदिएको छ,' ओलाफले भनेका छन् । तर...
फ्रान्समा कोरोना भाइरस )काेभिड १९) विरुद्धको खोप लगाउन नमान्ने तीन हजार स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् । फ्रान्सको नयाँ नियमअनुसार झन्डै २७ लाख स्वास्थ्यकर्मी, केयर होममा काम गर्ने र अग्नि नियन्त्रकका लागि खोप अनिवार्य गरिएको छ । तर खोप लगाउन नमानेपछि तीन हजार जनालाई निलम्बन गरिएको बीबीसीले जनाएको छ । फ्रान्सका स्वास्थ्य मन्त्री ओलभियर भेरानले उनीहरूलाई अस्थायी रूपमा निलम्बन गरिएको जानकारी दिँदै खोप...
ग्रीसमा १ सय ५० भन्दा धेरै जङ्गलमा फैलिएको डढेलो अनियन्त्रित भएको छ । वेगले चल्ने गरेको हावाका कारण डढेलो तीव्र गतिमा फैलिरहेको ग्रीसका अग्नि नियन्त्रकले जनाएका छन् । राजधानी एथेन्सबाट उत्तरी क्षेत्र, इभिया टापु, प्राचीन ओलम्पिया नजिकैका क्षेत्रमा पनि डढेलो फैलिरहेको छ । अरु ६ वटा इलाकामा आगो फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको बीबीसीले जनाएको छ । आगलागीका कारण सयौं व्यक्ति...
 युरोपेली देशहरूमा कोरोना भाइरसकाे सङ्क्रमणमा फेरि वृद्धि भएको देखिएको छ ।   विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले झन्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको बिहीवार जानकारी दिएको हो । डब्ल्यूएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ ।  कोरोना भाइरसको महामारी फैलिन नदिने उपायहरूप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ...
बेलायतका लागि म्यान्मारका राजदूतले आफूलाई दूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन् । समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै लन्डनस्थित म्यान्मारका राजदूत क्व ज्वार मिनले आफूलाई दूतावास प्रवेश गर्न नदिइएको जानकारी दिएका हुन् । प्रवेशमा रोक लगाइएपछि आफूले गाडीमा नै रात काटेको उनले जनाए । सैनिक सहचारीले कर्मचारीहरूलाई दूतावासबाट निस्किन निर्देशन दिएका बताउँदै आफूलाई अब देशको प्रतिनिधि नरहेको जानकारी गराएका मिनको भनाइ छ । म्यान्मारमा सेनाले माघ...
फ्रान्स र अस्ट्रियामा आतंककारी हमला बढेपछि युरोपेली मुलुकहरूले आफ्नो सीमामा सुरक्षा व्यवस्था कडा पार्दै लगेका छन् । फ्रान्सको राजधानी पेरिसको काँठ क्षेत्रका एक शिक्षकको हत्यासँगै फ्रान्समा लगातार आतंककारी हमला भएपछि युरोपेली मुलुकहरूले आ–आफ्ना देशको सीमामा उच्च सतर्कता अपनाएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । फ्रान्सको निस, लियों, पेरिस र अस्ट्रियाको राजधानी भियनामा समेत आक्रमण गरिएपछि आतंककारीहरूले युरोपेली देशमा निर्बाध घुमफिर गर्न पाउने...
फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो पर्सि शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताउनुभयो । उहाँले एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गर्नुभएको हो । तर कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र...