युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी बढेको छ । यो जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ । चीनको उत्तर पश्चिमी राज्यमा तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै छ । शिनजियांगको सरकारी अखबारका अनुसार त्यहाँको तुरफन डिप्रेशनको सानबाओ टाउनशिपमा तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको तुरफन डिप्रेशनको सानबाओ टाउनशिप अंगुरका लागि पनि प्रख्यात छ...
चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई चीनको वित्तीय नियमनकारी निकायहरूले एक अर्ब अमेरिकी डलरभन्दा धेरै जरिबाना तोकेको छ । विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै एक अर्ब अमेरिकी डलर भन्दा धेरै जरिबाना तोकिएको बीबीसीले जनाएको छ । हाङझाउमा रहेको एन्ट ग्रुपसँग अलीपेलगायत विभिन्न प्रमुख चिनियाँ प्लाटफर्महरूको स्वामित्व छ । चीन सरकारले सन् २०२० को मध्यतिर आईपीओ निष्कासन प्रक्रिया रोकिदिएपछि त्यतिबेला...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षा मन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ । रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको रोयटर्सले जनाएको छ । भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताउनु भएको छ । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ । यस्तै, चीनले...
चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुस पुग्नुभएको छ । तीन दिने भ्रमणका लागि राष्ट्रपति सी आज साेमवार दिउँसो रुसको राजधानी मस्को पुग्नुभएको बीबीसीले जनाएको छ । गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि सी पहिलो पटक रुस पुग्नुभएको हो । उहाँले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेन युद्धलगायत विषयमा वार्ता गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । रणनीतिक साझेदारीमा विस्तृत सम्झौता...
चीनले चालु वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत पुर्याएको छ । हिजोदेखि बेइजिङमा सुरु भएको राष्ट्रिय जनकङ्ग्रेस एनपीसीको प्रथम वार्षिक अधिवेशनमा सरकारी कार्यप्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली खछ्याङले रक्षा बजेट बढाएर कुल बजेटको सात दशमलव दुई प्रतिशत पुर्याएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । मस्यौदा बजेट अनुसार रक्षा बजेट दुई सय २४ अर्ब ७९ करोड अमेरिकी डलर रहेको छ । गएको...
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वाता द्वन्द्व टार्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ । ताइवान र अन्य विषयमा महिनौँदेखि जारी तनावपछि जी–२० शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतिक्षा गरिएको बैठक सुरु गर्नुअघि बाइडेन र सीले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाउनुभएको थियो ।  बेइजिङ र वासिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन...
अमेरिकी राष्ट्रपति जाे बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेट भएकाे छ । दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला इन्डाेनेसियाकाे बालीमा साेमवार बाइडेन र सीबीच भेट भएकाे हाे ।     भेटमा बाइडेनले अमेरिका र चीनबीच द्वन्द्व टार्नुपर्नेमा जाेड दिनुभएकाे छ । उहाँले ताइवानका विषयमा अमेरिका र चीनले आफ्ना धारणा तय गर्ने बताउनुभएकाे छ । यस्तै भेटमा सीले दुई देशको असल सम्बन्ध विश्वले...
ताइवानको प्रतिरक्षालाई समर्थन गर्ने अमेरिकी सिनेटको विधेयकप्रति चीनले विरोध जनाएको छ ।   अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिले ताइवान टापुका लागि अमेरिकी रक्षा सहयोग बढाउन सक्ने नयाँ विधेयक पारित गरेपछि चीनको विदेश मन्त्रालयले अमेरिकाले एक चीन सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धताको उल्लङ्घन गरेको र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा पत्रकारहरूसँग भन्नुभयो, ‘चीनले...
रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । उज्वेकिस्तानमा हुने प्रमुख क्षेत्रीय शिखर सम्मेलनको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट हुन लागेको हो । चिनियाँ राष्ट्रपति सीले सन् २०२० को सुरुवातमा कोरोना भाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति पुटिनलाई भेट्ने तयारी गर्नुभएको बीबीसीले जनाएको छ । भेटमा उहाँहरुबीच रुस–युक्रेन युद्ध...
मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाउनुभएको छ ।  लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को भर्खरैकाे ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्शाउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गर्नुभयो ।  एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षी पूर्वप्रधानमन्त्रीले चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई...