अमेरिका
गाँजासँग सम्बन्धित सामान्य अपराधमा माफी दिने अमेरिकी राष्ट्रपतिको घोषणा
न्यूज पार्क मिडिया प्रा.लि. - 0
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य अपराधमा माफी दिने घोषणा गर्नुभएको छ ।
एक भिडियो सन्देशमा राष्ट्रपति बाइडेनले देशको संघीय कारागारमा गाँजा सेवन र राखेको आरोपमा थुनिएका सबैलाई रिहा गर्ने घोषणा गर्नुभएको हो ।
यो घोषणाबाट गाँजासम्बन्धी अपराधमा सजाय भोगिरहेका झण्डै ६ हजार ५ सय व्यक्ति लाभान्वित हुने बीबीसीले जनाएको छ ।
बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै जेल हाल्नु उचित...
अमेरिकाले संयुक्त राष्ट्र सङ्घको ७७ औँ महासभामा सहभागी हुनका लागि रुसलाई भिसा दिएको छ । रुसी विदेश मन्त्री सेर्गेई लाभरोभ र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूलाई संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुनका लागि भिसा दिइएको रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
अमेरिकाको न्युयोर्कमा सुरु ७७ औँ सम्मेलनमा सहभागी हुन नदिएको भन्दै रुसले अमेरिकाको आलोचना गर्दै आएको थियो । भिसा दिन ढिलाइ गरेर...
अमेरिका
अमेरिकाका पाँच सांसद ताइवानमा, चीनका ११ वटा जहाज ताइवानको क्षेत्रमा प्रवेश
न्यूज पार्क मिडिया प्रा.लि. - 0
अमेरिकी संसद्को पाँच सदस्यीय टोली ताइवान भ्रमणमा पुगेको छ । सभामुख न्यान्सी पेलोसीको विवादास्पद भ्रमणको १२ दिनपछि संसद्का पाँच जना सदस्य ताइवान पुगेका हुन् ।
ताइपेइमा रहेको अमेरिकी दूतावासले भ्रमणको जानकारी दिँदै उनीहरु दुई दिनसम्म ताइवानमै रहने बताएको छ ।
डेमोक्र्याटिक सिनेटर एड मार्केको नेतृत्वमा पाँच सदस्यहरूले ताइवानी नेताहरूसँग क्षेत्रीय सुरक्षा, व्यापार र लगानीलगायतका विषयमा छलफल गर्नेछन् ।
समूहले राष्ट्रपति साइ इङ–वेनलाई भेट्ने...
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निवासमा संघीय जाँच ब्यूरो (एफबीआई) ले छापा मारेको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा छापा मार्ने क्रममा दर्जनौं सुरक्षाकर्मीले निवास केही बेर नियन्त्रणमा लिएको ट्रम्पको आरोप छ । उहाँले एक विज्ञप्ति जारी गर्दै आफनो निवास कब्जामा लिएको बताउनुभएकाे छ । आफूले सहयोग गर्दागर्दै पनि अनाधिकृत रुपले निवासमा छापा मारेको उहाँले आरोप लगाउनुभएको छ...
चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलाेसीमाथि प्रतिबन्ध घाेषणा गरेकाे छ । पेलाेसीले ताइवान भ्रमण गरेर आफ्नाे आन्तरिक मामिलामा हस्तक्षेप गरेकाे भन्दै चीनले पेलाेसी र उहाँकाे परिवारमाथि प्रतिबन्ध घाेषणा गरेकाे हाे ।
केही दिनअघि मात्रै पेलाेसीले ताइवान भ्रमण गरेपछि चीन रिसाएकाे र ताइवान नजिककाे क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेकाे छ ।
चीनका विदेशमन्त्री वाङ्ग यीले एक विज्ञप्ति निकालेर भन्नुभएकाे छ, ‘पेलाेसीले चीनकाे आन्तरिक...
अमेरिका
अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरे सैन्य हमला गर्ने चीनको चेतावनी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
चीनले यसअघि पनि पटक–पटक पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिइसकेको छ । ह्वाइट...
अमेरिका
बाईडेनलाई सिले चेतावनी दिए लगत्तै चीनीया जनमुक्ति सेनाको भीषण युद्धको तयारी
न्यूज पार्क मिडिया प्रा.लि. - 0
अमेरीकी राष्ट्रपति जो बाईडेनलाई चीनीया राष्ट्रपति सि जिन पिगंले चीनीया सार्वभौम सत्ताको उलंघन नगर्न चेतावनी दिए लगत्तै जनमुक्ति सेनाले अमेरीका बिरुद्ध संभावित भीषण युद्धको तयारी थालेको छ ।अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताईवान भ्रमण रोक्न स्पष्ट चेतावनी दिँदै चीनले आवस्यक परे सैन्य कार्बाही गरेर पनि उक्त भ्रमण विफल पार्न तयारी थालेको हो ।जनमुक्ति सेनाको आधिकारीक पोष्ट वाईवोमा सेनाको तयारी,...
अमेरिका
ईडेनलाई सि को सिधा चेतावनीः जो आगोसँग खेल्छ, त्यो नष्ट हुन्छ
न्यूज पार्क मिडिया प्रा.लि. - 0
ताईवान मामलालाई लिएर अमेरीका र चीनबीचको विवाद चरम बन्दै गएका बेला दुबै देशका राष्ट्रपतिले टेलिफोनमा लामो कुराकानी गरेका छन् ।
गएराति भएको २ घण्टा १७ मिनट लामो टेलिफोन संवादमा चीनीया राष्ट्रपति सि जिन पिङले अमेरीकी राष्ट्रपति जो बाईडेनलाई ताईवान मामलामा अमेरीकाले आगोसँग खेलिरहेको भन्दै स्पष्ट चेतावनी दिएका छन् ।
चीनीया सञ्चार माध्यमका अनुसार बाईडेनले सि सँगको कुराकानीमा अमेरीका एक चीन नीतिको...
अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।
देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
स्थानीय समय अनुसार राती १२ ४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो ।...
अमेरिका
नेपालले दुई पटक पत्र लेखेर एसपीपीमा सहभागी हुन खोजेको हो : अमेरिका
न्यूज पार्क मिडिया प्रा.लि. - 0
काठमाण्डौ । अमेरीकाले एसपीपीमा सहभागी हुन नेपालले आफैंले दुई पटक पत्र लेखेकाले स्वीकृति दिइएको स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला तात्कालिन सेनापति राजेन्द्र क्षेत्रीले पत्राचार गरेको पाइएको हो ।यहि पत्राचारपछि अमेरीकाको एक राज्यको नेसनल गार्डसँग नेपाली सेनाको सहकार्यको बारेमा उल्लेख गरिएको थियो ।
अहिले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरीका भ्रमणका क्रममा त्यस विषयमा सम्झौता हुने हल्ला...