Forbrukernet.com
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ...
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । पार्टी सभापति रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि उहाँको सांसद र मन्त्री पदसँगै पार्टी सभापतिको पद पनि गुमेको...
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउनुभएको छ । आज सर्वाेच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै लामिछानेले पदबाट राजीनामा दिनुभएको हो । अदालतको फैसलामा सांसद पद खारेज भएको उल्लेख छ । 
सर्वोच्च अदातलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सांसद बन्न अयोग्य रहेको फैसला गरेको छ । नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरेको भन्ने  सर्वोच्चको फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि खारेज भएको छ । गैरसांसद पनि मन्त्री हुन पाउने भए पनि लामिछानेको नागरिकता नै नरहेको ठहर भएपछि मन्त्री पद स्वतः खारेज भएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,...
सर्वोच्च अदालतले सांसद पद नरहने आदेश दिएपछि रवि लामिछानेले आफू अहिले अनागरिक रहेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताउनुभयो । पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै लामिछानेले भन्नुभयो ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन ।’...
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको छ ।  प्रतिनिधिसभामा उम्मेद्वारी मनोनयनका क्रममा पेश गरेको लामिछानेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई कायम नरहेकाले त्यसले मान्यता नपाउने सर्वोच्च अदालतले फैसला सुनाएको हो । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासको यो फैसलासँगै लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ । साथै उहाँ उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त हुनुभएको छ ।...
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामाथिको अन्तिम सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो । यो मुद्दामा निर्णय आजै सुनाउने कि पछि सार्ने भन्ने इजलासले तय गरेको छैन । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिह्नाको संवैधानिक इजलासमा आज लामिछाने पक्षका वकिलहरु वरिष्ठ अधिवक्ता नरेन्द्र...
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरूले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्ने बताउनुभएकाे छ । उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै राम्रो वातावरण बनाएर संसदलाई प्रभावकारी पार्ने कुरामा आफू लाग्ने बताउनुभएकाे हाे । उहाँले संसद हिजोको तुलनामा अलि फरक देखिए पनि आधारभूत रुपबाट खासै फरक नभएकाे समेत बताउनुभयाे। जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतीहरुलाई समाधान गर्न सकिने उहाँकाे तर्क छ । उहाँले संसदको...
निर्वाचन आयोगले राष्ट्रपति चुनावको लागि तयारी थालेको छ । फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने गरी तयारी थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । सभामुख र उपसभामुख चयनसँगै दलहरूको ध्यान अहिले राष्ट्रपतिमा केन्द्रित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐनले पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि नै चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुँडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुँडाललाई पक्राउ गरेको हाे । चुँडाललाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको स्राेतकाे भनाइ छ । चुडाललाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयाे । उहाँका अनुसार चुडालले लिएकाे घुस रकम गणना भइरहेकाे छ । केहीबेरमा विज्ञप्ति जारी गरी विस्तृत जानकारी...